प्रचण्ड भेट्नु अघि प्रधानमन्त्री ओलीको वामदेवसँग फेरि गोप्य भेट

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०७७, ०९ : २८
प्रचण्ड भेट्नु अघि प्रधानमन्त्री ओलीको वामदेवसँग फेरि गोप्य भेट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिजो बिहान पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरे । पार्टी सचिवालय देखि स्थायी समितिसम्मको बैठक बोलाउनका लागि प्रधानमन्त्री ओलीसँग सहमतिको प्रयासका लागि प्रचण्ड केही दिन देखि कोसिस गरिरहेका थिए । आइतबार बिहानको भेटको पनि एउटै मक्सद थियो– सचिवालय बैठक कहिले बोलाउने ।

पार्टीभित्रै निक्कै विवादमा रहेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौताबारे पार्टीले औपचारिक रुपमा के निर्णय लिने ? त्यसैका लागि प्रचण्ड पार्टी बैठक बोलाएर छलफल गराउन चाहिरहेका थिए । पार्टीमा निर्णय नगराई सरकारले संसदमा विचाराधिन रहेको उक्त कम्प्याक्ट सम्झौता अगाडी नबढाओस् भन्ने प्रचण्ड देखि वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम सम्मका नेताहरु छन् ।

शुक्रबार मात्रै पनि प्रचण्ड बैठक बोलाउन प्रधानमन्त्रीलाई मनाउनकै लागि बालुवाटार पुगेका थिए । दिन बिराएर प्रधानमन्त्रीलाई प्रयास मनाउने प्रयासमा प्रचण्ड थिए । परिस्थिती यस्तो बन्दै छ की, प्रधानमन्त्रीलाई पनि पार्टी बैठक छलेर या पार्टीको निर्णय छलेर अब एमसीसी सम्झौतामा एक्लै निर्णय गरेर अगाडी बढ्न सक्ने अवस्था छैन । आइतबार बिहान १० बजेपछि आफुलाई भेटन अध्यक्ष प्रचण्ड आउने कार्यक्रम पूर्व निर्धारित भईसकेको थियो । बैठक नबोलाई सुखै छैन भन्ने ओलीलाई पनि लागिसकेको थियो ।

त्यसपछि ओलीले फेरि पार्टी नेताहरुलाई एक्लाएक्लै बोलाएर छलफल थालेका छन् । त्यही क्रममा उनले उपाध्यक्ष गौतमलाई प्रचण्डलाई भेटनु अगाडी नै आइतबार (हिजो) बालुवाटार निम्ताए । गौतम बालुवाटार बिहानै पुगेका थिए, ९ बजेतिर । नेकपाभित्र आफुलाई पर्ने अप्ठयारोमा अनेक प्रलोभन उपाध्यक्ष वामदेव गौतमलाई दिएरै भएपनि संकट टार्दै आएका ओलीले एमसीसीमा पनि आफनो संकट र रुची अनुसारको निर्णय कसरी गराउने भन्ने अनेक च्याखे दाउ थाप्न खोजेका छन् ।

त्यही क्रममा उनले स्थायी समितिलाई नै यस विषयमा निर्णय गर्न नपठाउने , सकभर आफनो पक्षमा हुने गरी सचिवालयमा निर्णय गराउने दाउमा प्रधानमन्त्री ओली देखिएका छन् । आफुविरुद्ध सचिवालयमा बहुमत नेताहरुको मोर्चाबन्दी बन्न खोज्योकी ओलीले उपाध्यक्ष गौतमलाई प्रयोग गरेर फुटाउने प्रयास गर्ने गरेका थिए । यसमा ओली सफल देखिदै आएका पनि हुन् । उनले पार्टीमा निर्णय र छलफल नै नगराई गत वैशाख ८ मा ल्याएको विवादास्पद दुई अध्यादेश प्रकरण पछि ओली पार्टीमा निक्कै अप्ठयारोमा परेका थिए ।

१७ वैशाखमा बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय झलनाथ खनाल र माधव नेपालसम्मले ओलीलाइृ पार्टी अध्यक्ष र सरकार दुवै मोर्चामा असफल भएको भन्दै राजीनामा मागेका थिए । ओलीले नेताहरुको आफनै राजीनामा माग गरेपछि चर्तु¥याईपूर्वक नयाँ अस्त्र फयाँके,–कोरोना पछि आफुले राजीनामा दिने र वामदेवलाई संसदमा ल्याएर प्रधानमन्त्री बनाउने । उनको अप्रत्यासित रुपमा आएको यो प्रस्ताव कति सम्भव छ भन्ने हेक्का समेत नराखी उपाध्यक्ष गौतमले मुख मिठाईहाले । जबकी गौतमका लागि त्यो सम्भव थिएन । संसदमै नभएका ब्यक्ति प्रधानमन्त्री हुने ब्यवस्था संविधानमा छैन । उनले मुख मिठाईदिनाकै कारण ओलीले गौतमलाई प्रयोग गरेर आफनो संकट त्यसबेला टारे ।

अहिले फेरि कसरी एमसीसी पारित गर्ने भन्नेमा प्रधानमन्त्री छन् । त्यसका लागि फेरि उनले गौतमलाई प्रलोभनमा पार्न खोजेका छन् । त्यही क्रममा आइतबार प्रचण्डसँग भेट गर्नु अगाडी प्रधानमन्त्री ओलीले बालुवाटारमा उपाध्यक्ष गौतमलाई बोलाई गोप्य भेटवार्ता गरेको हुन सक्ने अनुमान नेकपाभित्र चलेको छ । ९ सदस्यीय सचिवालयमा एमसीसी यथाअवस्थामा पारित हुनु हुदैन भन्नेमा ६ जना र पारित गरेर जानुपर्ने पक्षमा ३ जना मात्र छन् । ओलीलाई उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव विष्णु पौडेलले मात्र साथ दिएका छन् ।

तर ओलीले सरकारको मोर्चामा एक पछि अर्काे योजना र निर्णयमा आफुलाई साथ दिदै आईरहेका गृहमन्त्री रामबहादुर थापा (बादल) ले यसमा अन्तिममा आफुलाई साथ दिदा ४ जना हुने र उपाध्यक्ष गौतमलाई फकाउन सकिए ९ जनामा आफु ५ जना बहुमत भएर निर्णय आफु अनुकुल लिन सकिने विश्वासमा ओली देखिन्छन् । त्यही क्रममा पनि उनले गौतमसँग प्रचण्डलाई भेटनु अगाडी बालुवाटारमा झण्डै ढेड घण्टा छलफल गरेका थिए ।

बालुवाटार स्रोतका अनुसार गौतमसँग ओलीले एमसीसीमा नेपालले पनि लगानी गरिसकेको, यो पारित नहँदा अन्तराष्ट्रिय रुपमा नेपाललाई आर्थिक सहयोग प्याकेजहरु बन्द हुन सक्ने, अन्तिम समयमा आएर रोक्नुले नराम्रो सन्देश जाने भन्दै अब पारित गरेर जानुको विकल्पै नरहेको भन्दै आफ्नो अप्ठयाराहरु सुनाएका थिए । गौतमले पनि ओलीको एकोहोरो प्रवचन मात्र सुनेर फेरि बसौला सचिवालय अगाडी भन्दै बालुवाटारबाट फर्केका थिए । गौतम फर्केपछि मात्र उनले प्रचण्डसँग भेटवार्ता गरेका थिए । ओलीको ध्यान अहिले गौतम र बादलमाथी फेरि परेको छ । उनीहरुलाई एमसीसीको पक्षमा मनाउन उनले निक्कै कसरत गर्न थालेको देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस