प्रदेश नम्बर २ का थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०७७, ०९ : २४
प्रदेश नम्बर २ का थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रदेश नम्बर २ को ३ जिल्लाका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको  नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।  

उनका अनुसार पर्सा जिल्लाका १ महिला र ७ पुरूष  गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बारा जिल्लाका २ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने  रौतहट जिल्लाका ४ जना परूषमा पनि संक्रमण पुष्टि भएको छ । 

पर्साका संक्रमितमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का २० देखि ५५ वर्ष उमेरसम्मका रहेका छन् । यसैगरी बाराको सुवर्ण गाउँपालिका र पचरौता नगरपालिकाका गाउँपालिका ३ वर्षीय बालिका ३० वर्षसम्मका ७ जना संक्रमित रहेको उपाध्यायले बताए । 

यस्तै रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ का १७ , १८ र ४३ वर्षका पुरूषहरू रहेका छन् भन रौतहटकै गढीमाई नगरपालिका वडा नम्बर ३ का एक जना पुरुषमा पनि संक्रमण पुष्टि रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस