लक्षण नभएका संक्रमित अब घरकै आइसोलेसनमा

पत्रपत्रिकाबाट

आइतबार, २५ जेठ २०७७, ०८ : २७
लक्षण नभएका संक्रमित अब घरकै आइसोलेसनमा

काठमाडौं । कोभिड–१९ को लक्षण नदेखिएका वा मधुरो लक्षण भएका संक्रमितहरुले विशेष सावधानी अपनाउँदै घरमै बस्न पाउने भएका छन् । बिरामीको आइसोलेसनमा व्यवस्थापनसम्बन्धी जारी निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो ।

तर घरमा छुट्टै सावधानीका साथ बस्न गाह्रो हुनेहरुका लागि सरकारले तोकिएको अस्पताल वा आइसोलेसन सेन्टरमा बस्न सक्ने निर्देशिकामा उल्लेख छ ।

‘अब हाम्रो राणनीति लक्षण नभएका वा मधुरो भएका कोरोना संक्रमितलाई घर पठाउने र लक्षण भएकाहरुलाई उपचारका लागि अस्पतालमा राख्ने हो’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाशुदेव पाण्डेले भने । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस