काठमाडौं । कपिलवस्तु कारागारका एक कैदीको आज मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका यशोधरा गाउँपालिका– ७ इटवाका ५३ वर्षीय रामअधिन कहारको मृत्यु भएको कारागारले जनाएको छ ।
बिहान १०ः०० बजे खाना खाएर सुतेपछि अचेत बनेका कहारलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकामा अस्पतालका चिकित्सकले कहारलाई मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताउनुभयो । गत वर्ष साउन २ गतेदेखि सजाय काटेका उनको मृत्युबारे खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ जेठ २०७७, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु