इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताउनु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् ।
प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताउनुभएको हो । लामो समयसम्म लकडाउन गरी राख्दा मध्यमबर्गीय तथा श्रमजीवी बर्गको अवस्था नाजुक बन्नुका साथै दशेको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने बताउनुभयो ।
त्यसैले यहाँका अधिकांश शहरहरुका साथै देशका प्रमुख केन्द्र तथा बजार पसलहरु पनि खुल्ने भएको बताइएको छ । प्रधानमन्त्री खानले शुक्रबार सो कुराको जानकारी दिनुभएको थियो । पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७३४ जना संक्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ । ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ९३ हजारभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ९३५ जना पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट गएको २४ घन्टामा मात्र ९७ जनाको ज्यान गएको बताएका छन् ।
यहाँका ३२ हजार जना भन्दा बढीलाई निको भएको बताइएको छ । यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ जेठ २०७७, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल