लकडाउनले खाद्यान्न र फलफूलको मूल्य उपभोक्ताको पहुँचबाहिर

पत्रपत्रिकाबाट

शनिबार, २४ जेठ २०७७, ०८ : २८
लकडाउनले खाद्यान्न र फलफूलको मूल्य उपभोक्ताको पहुँचबाहिर

काठमाडौं । लकडाउनले दाल, चामल, मैदा, तेललगायत खाद्य सामाग्रीको मूल्य आकासिएको छ । खाद्यान्नको कृत्रिम अभाव सिर्जना गरी बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको छ । 

कतिपय बिक्रेताले लकडाउनलाई पैसा कमाउने अवसरका रुपमा प्रयोग गर्दा बजारमा समस्या देखिन थालेको हो ।

लकडाउन जारी रहँदा तरकारीको मूल्य घटे पनि खाद्यान्न र फलफूलको मूल्य बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस