स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

विहीबार, २२ जेठ २०७७, १७ : १९
स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव गरेको तर स्वीकृत भइनसकेको जनाए । २ हजारभन्दा बढी कोरोना संक्रमित भएको खण्डमा स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने व्यवस्था छ । 


 

प्रतिक्रिया दिनुहोस