सफलखबर समाचार प्रभाव

पाठ्यक्रम विकास केन्द्रले भन्यो : 'स्वीकृत नभएको पुस्तक बिक्री वितरण गरेको पाईएमा कडा कारवाही'

आफुखसी स्वीकृति नै नपाएको पाठ्यक्रम लगाउदै ‘बेश’ चितवन

प्रकाश सिग्देल

विहीबार, २२ जेठ २०७७, १२ : ३५
पाठ्यक्रम विकास केन्द्रले भन्यो : 'स्वीकृत नभएको पुस्तक बिक्री वितरण गरेको पाईएमा कडा कारवाही'

चितवन । पाठ्यक्रम बिकास केन्द्रबाट स्वीकृति नै नभएका पाठ्यपुस्तकहरु बिद्यालयहरुमा पुग्न थालेपछि पाठ्यक्रम बिकास केन्द्रले ध्यानाकर्षण भएको बताउदैं त्यस्तो नगर्न आग्रह गरेको छ । केन्द्रले प्रेस विज्ञप्ती जारी गर्दै आउदो शैक्षिक सत्रको लागि पाठ्यक्रम स्वीकृत हुने क्रममा रहेकाले अहिले कुनै पनि पुस्तकहरु विद्यालयमा नपठाउन भनेको छ । विज्ञप्तीमा यस्तो गरेको पाईएमा नियम अनुसार कडा कारवाही गर्ने समेत स्पष्ट पारेको छ । सफलखबर डटकमले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नै नभएका पुस्तकहरु विद्यालयमा लगाएका समाचार निरन्तर प्रकाशित गरेपछि केन्द्रको ध्यानाकर्षण भएको हो ।

यता भरतपुर ईग्लिस स्कुल सोसाईटी ‘बेस’ चितवनलले आफु मातहतको ४० बढि स्कुलहरुमा स्वीकृति नै नपाएको संगम पब्लिकेशन्स्बाट छापिएको कक्षा १ को पुस्तक लगाएको छ । आर्थिक प्रलोभनमा परि ‘बेस’ ले यि स्वीकृति नपाएका पुस्तक आर्थीक चलखेल गर्ने उद्येश्यले लगाएको भनेर अहिले सर्वत्र विरोध भईरहेको छ । वेस चितवन र पुस्तक प्रकाशन गृहले पनि पुस्तक विद्यालयमा लगाए वापत व्यक्तिगत रुपमा नभई सागंठनिक रुपमा केही प्रतिशत आर्थीक सहयोग लेनदेन हुने भनेर स्वीकार गरेका छन् ।

पाठयक्रम बिकास केन्द्रबाट स्वीकृत नभएका कुनै पनि पाठ्यक्रम तयार पार्न पाईदैन् । तर चितवनका कतिपय विद्यालयहरुमा सुईकृतिनै नपाएको पाठ्यक्रम बेस चितवनले लगाएको छ । पाठ्य सामग्री प्रकासन तथा बिक्री बितरणमा भएको बेथितिको बिषयमा पाठ्यक्रम बिकास केन्द्रले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कक्षा १ लगायत बिभिन्न कक्षाका थप पाठ्यसामाग्रीहरु केन्द्रबाट स्वीकृति नभएको अवस्थामा पुराना तथा नयाँ पाठ्यसामाग्रीहरु प्रकाशन तथा बिक्री बितरण भएको भन्ने समाचारहरु आईरहेकाले केन्द्रको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेको छ ।

परिर्वतित नयाँ पाठ्यक्रम अनुसार कक्षा १ का लागी पाठ्यसामाग्रीको रुपमा बिभिन्न प्रकासनबाट पेश भएका सामाग्रीहरु मुल्याकंनकै क्रममा रहको यस केन्द्रको मुल्याकंन समितिबाट निर्णय भई हालसम्म कुन पनि प्रकाशनलाई स्वीकृति दिने निर्णय नभएको हुँदा स्वीकृत नभएका र पुरानो पाठ्यक्रम अनुसारका सामाग्रीहरु बिक्री बितरण तथा खरिद नगरिदिनुहुन सम्बिन्धित प्रकाशक बितरक, अभिभावक ,बिद्यार्थी लगायत सरोकार वालामा आग्रह गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले स्वीकृति नलिई कुनै पनि प्रकासनले थप पाठ्यसामाग्री प्रकासन बिक्री बितरण गरेमा प्रचलित कानुन अनुसारको कारवाही गर्ने केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताएका छन् । साथै केन्द्रबाट स्वीकृति प्राप्त गरी प्रकाशन तथा बिक्री बितरण गर्न अनुमति लिएको पाठ्यसामाग्रीमा अनिवार्य रुपमा स्वीकृति पत्रको प्रतिलिपि, नेपालको नक्सा र कोभिड १९ सम्बिन्धि सुचना समाबेश गर्न पत्रमा भनिएको छ ।

सफलखबर समाचार प्रभाव

सफलखबर डटकमले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नै नभएका पुस्तकहरु विद्यालयमा लगाएका समाचार निरन्तर प्रकाशित गरेपछि केन्द्रको ध्यानाकर्षण भएको हो । सफलखबरले विभिन्न पब्लिकेशन्सहरुले पुरानो शैक्षिक सत्रको पुस्तकमा पाठ्यक्रम विकास केन्द्रले नयाँ दर तोकेको कायम गरि पुरानो दरमा कालो पोतेर नयाँ दर राखेको समाचार प्रकाशन गरेको थियो ।

त्यस्तै संगम पब्लिकेशन्स्का कक्षा १ को पुस्तक पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृती नभएपनि ‘बेस’ चितवनले आर्थिक चलखेलका लागि जिल्लाका ४० बढी निजी विद्यालयमा पुस्तक पठाएको समाचार सार्वजनिक गरेको थियो । अभिभावकको ढाड सेक्ने गरि पुस्तक प्रकासन गर्ने पब्लिकेशन्स्बाट कमिसन पाउने चक्करमा राज्यको निति नियम विपरित कामहरु गर्दै आएको समाचारमा उल्लेख थियो । यि समाचारहरु सार्वजनिक भएसंगै पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण भएको हो ।

यो पनि पढनुहोस् ।

पुस्तक लगाउन विद्यालय सञ्चालकलाई पैसा बाँड्दै संगम पब्लिकेशन

पुस्तक प्रकाशन गृहको कतूर्त : ‘पुस्तकको बास्तविक मूल्यमा कालो पोतेर कालोबजारी’ कारवाही गर्ने निकाय मौन

प्रतिक्रिया दिनुहोस