ब्यापार चौपट भएको भन्दै काठमाडौं न्यूरोडका अधिकांश पसलहरु खुले

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, ११ : ४२
ब्यापार  चौपट भएको भन्दै काठमाडौं न्यूरोडका अधिकांश पसलहरु खुले

काठमाडौं । लकडाउन लम्बिएसँगै आफूहरुको व्यापार चौपट भएको भन्दै व्यवसायीहरुले लकडाउन उलंघन गर्न थालेका छन् । 

सो अनुसार काठमाडौंको न्यूरोडमा रहेका अधिकांस पसहलरु आज देखि खुलेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णय अनुसार समाजिक दुरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताए ।

उनले पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाइएको समेत बताए । अध्यक्ष कटुवालले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस