आज दिनभरिको मौसम कस्तो रहला ? वर्षाको सम्भावना

विहीबार, २२ जेठ २०७७, ०९ : २८
आज दिनभरिको मौसम कस्तो रहला ? वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार पूर्णदेखि सामान्य बदली हुने जनाएको छ।
नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव रहेको मौसमविदले औंल्याएका छन् ।

देशभर हाल सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । अहिले प्रदेश १, प्रदेश २ र बगमती प्रदेश बाहेकका प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । बिहीबार दिउँसो देशका अधिकांश क्षेत्रमा पूर्णदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिममा पूर्ण बदली तथा मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुने मौसमविदले बताएका छन् ।

पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा राति मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। राति पनि पश्चिमका अधिकांश क्षेत्रमा पूर्ण बदली रही मध्य र पूर्वमा सामान्य बदली हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस