चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढल्दा त्यसले लागेर राष्ट्रपति ताल क्षेत्रमा गैँडा मरेको छ । सो क्षेत्र कसरबाट दक्षिण पूर्वमा पर्दछ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गएको सोमबार आएको हावाहुरीपछि ढलेको रुखले गैँडा मरेको अनुमान गरिएको छ । गैँडा रुखले थिचेको अवस्थामा आज भेटिएको हो । उहाँका अनुसार वयस्क पोथी गैँडा मरेको हो । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगती र दुर्घटनाबाट मर्ने गैँडाको सङ्ख्या २६ पुगेको छ ।
गत वर्ष निकुञ्ज र वन क्षेत्रमा कालगतीबाट ४३ गैँडा मरेका थिए । सो घट्नापछि बिहीबारबाट निकुञ्जमा ‘स्पि अप्रेसन’ गरिँदै छ । ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुनसक्ने भन्दै अप्रेसन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ जेठ २०७७, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा