पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा कोरोना

बुधबार, २१ जेठ २०७७, १५ : २७
पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा कोरोना

नवलपरासी । पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको सिमावर्ती गाउँपालिका पाल्हीन्दनमा ७ र बर्दघाट नगरपालिकामा १ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा बर्दघाट नगरपालिका १६ बस्ने २४ वर्षीय, पाल्हीन्दन गाउँपालिका वडा १ का २५ वर्षीय, वडा २ का २१ वर्षीय वडा ३ का ३४ वर्षीय, वडा ४ का २९ वर्षीय र वडा ६ का २०, २१ र ३४ वर्षीय पुषहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस