काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कालिकोटको नरहरीनाथ गाउँपालिका १ लालीघाटस्थित सडकमा कर्णाली प्रदेश ०२–००१ ज ००३० नम्बरको जीपअनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटनाहुँदा जीप चालक रास्कोट नगरपालिका–१ बस्ने ४५ वर्षीय डबल बहादुर साहीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका जीपमा सवार नरहरीनाथ गाउँपालिका–३ बस्ने ५० वर्षीयपुर्ण प्रसाद उपाध्यायलाई उपचारको लागि जिल्ला अस्पताल कालिकोटतर्फ लगिएको छ । यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित सडकमा बा.२ क ७११० नम्बरको ट्रकले अनटेष्ट लेखिएको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ४८ वर्षीय श्यामफुल बलामीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको गौरादह नगरपालिका १ स्थित सडकमा मे १ त १९३२ नम्बरको ट्याक्टरको चक्काले किच्दा सोही ट्याक्टरका चालक गौरीगंज गाउँपालिका १ तुलाचन बस्ने २७ वर्षीय जितु राजबंशीको मंगलबार दिउँसो मृत्यु भएको छ ।
उक्त स्थानमा बिग्रिएको मे १ त १९३२ नम्बरको ट्याक्टरलाई तानेर लैजाने क्रममा आफूले चलाएको ट्याक्टरको सिटबाट झर्दा चक्काले किचेर गम्भीर घाइते भएका राजबंशीको उपचारको लागि दमक लाइफ लाइन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्युभएको हो । दुवैसवारी साधन र मे १ त ४१६१ नम्बरको ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषाको मिथिला नगरपालिका ११ चुरेस्थित सडकमा बा ४३ प ३८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदामोटरसाइकल चालक सोही नगरपालिका तुल्सी बस्ने २५ वर्षीय उमेश परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका ५ फुलजोरस्थित सडकमा ना ८ ख ३०९३ नम्बरको टिपरअनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपरका सहचालक सोही नगरपालिका–७ बस्ने २३ वर्षीय सुजन दनुवारको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका टिपरका चालकलाई त्रिदेब अस्पताल रानीगंज सर्लाही हुँदै थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज रिफर गरिएको छ । उक्त टिपर ना.४ त ४१२५ नम्बरको ट्याक्टरसँग ठक्कर खाई अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राजधानीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
म्याग्दीमा जिप दुर्घटना, १ महिलाको मृत्यु, ३ जना घाइते
सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते