पूर्व राजदुत विजयकान्त कर्णको घरमा किन जम्मा भए मधेसका नेता ?

सफल खबर संवाददाता

बुधबार, २१ जेठ २०७७, ०९ : ३४
पूर्व राजदुत विजयकान्त कर्णको घरमा किन जम्मा भए मधेसका नेता ?

काठमाडौं । विजयकान्त कर्ण पूर्व राजदुत हुन् । मधेसलाई काठमाडौंले नहेरेको भन्दै उनी लगायत विश्लेषक सिकेलाल लगायतका कतिपय बुद्धिजिविहरु मधेसलाई नेपालसँग बस्नुपर्ने कुनै कारण नभएको भन्दै अतिवादी सोच राखिरहेका छन् । यस्तो सोच दिल्लीको चाहना अनुसार आउने गरेको आरोप काठमाडौंले विश्लेषण गर्ने गरेको देखिन्छ । नयाँ दिल्लीले नेपालको कालापानी क्षेत्रको भूगोललाई आफनो राजनीतिक नक्सामा समेटेपछि नेपालले पनि त्यसको प्रतिवाद गर्दै आफनो राजनीतिक नक्सा अध्यावधिक गरेको छ ।

सोही अनुसार संविधान संसोधनमा समेत अनुसूचिमा रहेको निशाना छाप अध्यावधिक गर्न अहिले संसदमा संविधान संसोधन प्रस्ताव दर्ता भएको छ । तर यही बेला मधेसलाई काठमाडौंको राज्यसत्ताबाट अलग गराउने गरी छलफल केही अतिवादी विचार राख्नेहरुबाट आउन थालेको छ । यही बेला यस्तो विचार किन आयो ? त्यस्ता छलफल किन भए ? अहिले खोजीको विषय बनेको छ । सफलखबरलाई एक विशेष स्रोतले दिएको जानकारी अनुसार, आइतबार पूर्व राजदुत समेत रहेका विजयकान्त कर्णको निवास ललितपुरमा त्यस्तो केही वुद्धिजिविहरुको बैठक वसेको थियो, जसले मधेसलाई अलग बनाउने बहस छेडनुपर्ने निश्र्कष निकालेको थियो । 

आइतबार कर्णको निवासको उक्त छलफलमा भारतीय दुतावासका एक अधिकारी समेतको संग्लन्नता रहेको बताईएको छ । छलफलमा कर्ण, सिकेलाल, भारतबाट काठमाडौं आई बसिरहेका भाजपाका एक नेता, दुतावासका एक कर्मचारी लगायत, राजपा समाजवादीका केही नेताहरुसहितका झण्डै एक दर्जन ब्यक्तिहरुको सहभागिता रहेको थियो ।  उनीहरुले मधेसी, आदीवासी जनजातिका माग सम्बोधन पनि अहिले नै गर्नुपर्ने, सरकारले प्याकेजमा संसोधनको प्रस्ताव अगाडी बढाउनु पर्ने तर एउटा सिमानाका विषयलाई मात्र संसोधन गर्न खोजिए त्यो अस्वीकार्य हुने सम्मको छलफल गरेका थिए ।

सहभागी एक नेताका अनुसार, संविधान संसोधनको गै¥हसरकारी विधेयक दर्ताका लागि राजपा र समाजवादीलाई मिलाएर लैजानु पर्ने, मधेसका काँग्रेसभित्रका सांसदहरुलाई पनि क्रियाशिल गराउनु पर्ने विषयमा समेत छलफल भएको थियो ।  संविधान संसोधनका विषयमा राजपा र समाजवादीका बीचमा तिक्तता देखिन थालेका बेला उनीहरुलाई टुट्न दिन नहुनेमा सबैभन्दा बढी छलफलका सहभागीहरुको जोड थियो । कर्णको निवासमा त्यस्तो छलफल भएपछि अहिले सरकारले संविधान संसोधनमा राखेको प्रस्तावमा मधेस केन्द्रीत दल र नेताहरुले अनेक शर्तहरु अगाडी सार्न थालेका छन् ।

त्यही क्रममा दुई दिन अगाडी  गै¥ह सरकारी संविधान संसोधन विधेयक दर्ता गर्न जाँदा समाजवादी बिचमै बिचकिएपनि फेरि एकजुट भएर संविधान संसोधन विधेयक दर्ता गराउन पुगेका छन् । सोमबार मात्रै राजपा र सामाजवादीले संयुक्त रुपमा संसोधन विधेयक अहिले दर्ता गराईसकेको छ । मंगलबार मात्रै काँग्रेसका मधेस केन्द्रीत नेताहरुले पनि संविधानमा संसोधन प्रस्ताव गैह सरकारी विधेयकका रुपमा दर्ता गराएका छन् ।

यस भित्र कर्णको निवासमा भएको छलफलले काम गरेको बुझाईमा त्यहाँ सहभागीहरुको बुझाई देखिन्छ । काठमाडौंको सत्ता अलिकति सहिष्णु नहुने हो भने मधेसको मुद्दा सल्टिने सम्भावना नरहेको भन्दै कर्णको निवासमा भेला भएकाहरुले मधेसीहरुले नै दबाबको रणनीति बनाउनु पर्ने रणनीति बनाएका छन् ।

अहिले नै सरकारलाई दबाब बढाउनु पर्ने निश्र्कष निकाल्दै उनीहरुले सरकारले नसोचे यसलाई भूसको आगो झै सल्काउनु पर्ने योजना पनि बनाएका छन् । ‘अहिले मधेसवादीले भनेको एउटै कुरा हो, हामी निर्वस्त्र भयौं, एउटा लंगौटी देउ हामी मधेसलाई सम्झाउँछौं भनेको हो । संविधान संसोधन मार्फत मागेको त्यक्ति एउटा लगौंटी हो । तर नेपालको सत्ताले होइन, त नाँगै जा भनेर पठाईदियो ।’ उक्त छलफलमा सहभागी एक नेताले भने,–‘अहिले सरकारले संविधान संसोधन प्रस्ताव टेबुल गरेकै बेला दबाब बढाऔं भनेर छलफल गरेका हौं ।’
 

प्रतिक्रिया दिनुहोस