काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई ९ सय र २१ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी प्रतिस्पर्धामार्फत नभई ‘नेगोसिएसन’ (वार्ता) मार्फत दिने भएको छ ।
प्राधिकरण सञ्चालक समिति बैठकले सोमबार प्राधिकरण व्यवस्थापनलाई यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयलाई मंगलबार अन्तिम रूप दिइएको हो । बैठकले एनसेलसँग नेगोसिएसन गरी बोर्डमा निर्णय पेस गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
दुई वर्षअघि प्राधिकरणले निकालेको लिलाम बढाबढको सूचनामा एनसेलको मात्रै आवेदन परेको थियो । प्राधिकरणले ९ सय, १८ सय र २१ सय मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी लिलाम बढाबढ गर्न सूचना जारी गरेको थियो । एनसेलले तीनै ब्यान्डको फ्रिक्वेन्सी किन्न आवेदन दिए पनि नेपाल टेलिकमले १८ सय मेगाहर्ज ब्यान्डमा मात्रै फ्रिक्वेन्सी किन्न आवेदन दिएको थियो ।
दुई ब्यान्डमा एउटा मात्रै आवेदन परेपछि प्राधिकरणले गत वर्ष पुस २ मा १८ सय मेगाहर्ज ब्यान्डका लागि मात्रै लिलाम बढाबढ गरेको थियो । उक्त समयमा प्रतिस्पर्धा नहुने भन्दै स्थगन गरिएको फ्रिक्वेन्सी लिलामी अहिले नेगोसिएसनमार्फत दिन लागिएको हो । एनसेललाई फ्रिक्वेन्सी दिनेबारे निर्णय गर्न सोमबार प्राधिकरण सञ्चालक समितिको बैठक राखिएको थियो ।
उक्त बैठकले नेगोसिएसनमार्फत फ्रिक्वेन्सी दिन प्रक्रिया अघि बढाउन गरेको निर्णयलाई अन्तिम रूप दिएर मंगलबार सञ्चालक सदस्यहरूले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ जेठ २०७७, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी
एनसेलविरुद्ध सांसद सिंहले दायर गरेको रिटलाई अग्राधिकार, पूर्ण सुनुवाई हुने
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
नवीकरण भयो एनसेल