विश्व स्वास्थ्य संठगनले भन्यो : ‘कोरोना संक्रमितको उपचारमा धेरै एन्टिबायोटिक्सको प्रयोग नगर्नुस’

एजेन्सी

मंगलबार, २० जेठ २०७७, ११ : ०२
विश्व स्वास्थ्य संठगनले भन्यो : ‘कोरोना संक्रमितको उपचारमा धेरै एन्टिबायोटिक्सको प्रयोग नगर्नुस’

एजेन्सी । कोरोनाले विश्वव्यापी रुपमा महामारीको रुप लिईरहदा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उपचारमा धेरै एन्टिबायोटिक्सको धेरै प्रयोग गर्न नहुनेमा जोड दिएको छ ।

संठगनले धेरै प्रयोग गरिए उक्त औषधी स्वास्थ्यका लागि घातक हुने चेतावनी दिएको छ। कोरोना महामारीसँग लड्न एन्टिबायोटिक्सको प्रयोग धेरै गरे त्यसले ब्याक्टेरियालाई अझै बलियो बनाउने र सोका कारण धेरै मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

सोमबार संगठनका प्रमुख टेड्रोस एनहानम गिब्रिएयसुसले ती औषधिले ब्याक्टेरियासँग लड्न सहयोग गर्ने गरेको भएपनि अब ती औषधिसँग ब्याक्टेरियाको प्रतिरोध क्षमता बढिरहेकाले धेरै एन्टिवायोटिक्स प्रयोग नगर्न भनेका हुन्।

उनले कोरोनाको उपचारमा एन्टिवायोटिक्सको प्रयोग धेरै भएको र यसले विस्तारै ब्याक्टेरियालाई झन शक्तिशाली बनाउने बताए। यसले जारी महामारी र आउँदा दिनमा अवस्थालाई झनै घातक बनाउने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस