राष्ट्रिय  झण्डा बोकेर सडकमा निस्किए गैडाकोटका युवा, स्वर्गिय राजा वीरेन्द्रको सम्झनामा युवाको ताती

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०७७, २० : ३६
राष्ट्रिय  झण्डा बोकेर सडकमा निस्किए गैडाकोटका युवा, स्वर्गिय राजा वीरेन्द्रको सम्झनामा युवाको ताती

काठमाडौं । स्वर्गिय  राजा वीरेन्द्रको सम्झनामा युवाहरुको एक समुहले गैडाकोटमा स्वर्गीय राजाको स्मरण गर्दै र्‍याली निकालेको छ । दरबार हत्याकाण्ड भएको यो दिन कालो दिनका रुपमा स्मरण गर्दै उनिहरुले दरबार हत्याकाण्डको साकेतिक बिरोद्ध समेत गरे ।   

नेपालि ढाका टोपिमा सजिएका युवाहरुले राष्ट्रिय  झण्डा बोकेर गैडाकोटमा र्‍याली निकालेका हुन् । पछिल्लो समयमा राष्ट्र  र राष्ट्रियता संकटमा परेको र देशमा एक जात अर्को जात बिच मतभेद हुन थालेकाले सबै देशबासी  एक भएर राष्ट्र र राष्टियताको रक्षा गर्नु पर्ने कार्यक्रमका संयाेजक झलक मल्लको भनाई थियो । 

पछिल्ला समयमा आम मानिसहरुले राजसंस्था प्रति झुकाब बढाउन थालेका छन् । गणतन्त्रले अघाएर होकी आम मानिहरु वर्तमान राज्य ब्यवस्था प्रति निरासा प्रकट गरेको देखिन्छ । त्यसैको परिणाम स्वरुप हुन सक्छ अहिले देशभरीनै राष्ट्रियताको आवाज बुलन्द बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस