‘एमसीसी’ को बारेमा किन बोल्दैनन् कुलमान र बर्षमान !!

सोमबार, १९ जेठ २०७७, १२ : २५
‘एमसीसी’ को बारेमा किन बोल्दैनन् कुलमान र बर्षमान !!

साकार लामा

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयले चिया पसल देखि संसद भवन सम्म माहोल तातेको छ । तर यस विषयमा प्रत्यक्ष सरोकार राख्ने उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको मौनताले धेरै नागरिकमा एक किसिमको कौतुहलता पैदा गरेको छ । 

नेपाललाई अब ट्रान्समिसन ग्रिड चाहिन्छ, भएको एकमात्रै ट्रान्समिसन मुज्जफरपुर–ढल्केबरले अब बढ्ने उत्पादन वितरणलाई धान्दैन् भन्ने सबैभन्दा राम्रोसँगं यी दुई पात्रले बुझेका छन् । एमसीसी को महत्व र नालीबेली दुबैलाई थाहा छ । सायद यस बारे सत्य बोल्दा बदनाम भईने वा अनेक आरोप खेप्नु पर्ने डरले यी दुवै जना नबोलेका होलान् । तर तपाईंहरुको मौनताले पानी झन् घमिलो बनाएको छ । एमसीसीको बारेमा सत्तारूढ दल नेकपामा पक्ष विपक्ष छुट्टिएको छ ।

नेकपामा स्थायी समिति सदस्य भिम रावल द्घारा प्रत्युपादित ‘कन्सपिरेसी सिद्धान्त’ले धेरै कार्यकर्तामा एमसीसी प्रति नकारात्मक धारणा निर्माण गरेको छ । नेकपा भित्रको ठुलो तप्का वर्षमान पुनलाई आदर्श मान्ने छन् । यदि बर्षमान पुनले यसका बारेमा सार्बजनिक रुपमा बोल्ने हो भने त्यो तप्काको भ्रम धेरै हदसम्म हटने थियो । साथै उनको सक्रियताले नेकपा भित्रको यो विवादलाई मत्थर बनाउन सक्थ्यो होला ।

कुलमानले बोल्नु भयो त झनै राम्रो प्रभाव जनतामा जान्छ जस्तो लाग्छ । नेपालमा जनताले सबैभन्दा बढी विश्वास गर्ने पात्र कुलमान घिसिङ हुन् । कुनैबेला अमेरिकामा,‘अबको राष्ट्रपति को देख्न चाहनुहुन्छ ?’ भनेर सर्वेक्षण गर्दा नेताहरु भन्दा धेरैले अभिनेता टम ह्याङ्कसलाई रोजका थिए रे । यस्तै नेपालमा पनि लोकप्रिय, जनप्रिय पात्र कुलमान सर हुनुहुन्छ । नेपालको उर्जा क्षेत्रमा गरेका योगदानले कुलमानलाई यो सम्मान प्राप्त भएको हो । एमसीसीले गर्ने प्रोजेक्ट नेपालको उर्जा सेक्टरको लाईफलाईन प्रोजेक्टको रुपमा हेरिएको छ । उहाँसँग नैतिक बल छ, उहाँले सत्य बोल्न डग मगाउन पर्दैन् ।

तपाईंहरु नबोल्दा हिजो देखि हुँदाहुदै रवी लामिछानेहरु समेत एमसीसी बारे बोल्न थाल्नु भयो । रवि लामिछानेले एमसीसीमा अमेरिकी स्वार्थ धेरै भएकाले पारित गर्नुहुन्न भन्नु भएछ । कुनै बेला रवी जी ले निःशुल्क चिठ्ठा भर्दैमा अमेरिकाले नागरिकता (डिभि) दिदा पनि अमेरिकाको केही स्वार्थ थियो । विश्वभरका गरिब देशका नागरिकलाई आफ्नो देशमा बिना स्वार्थ लगेर उसले पनि किन राख्थो र ? संसारमा अमेरिकी प्रभाव र प्रभुत्व बढाउन नै डिभिको प्रचलन आएको हो । अमेरिकाले संसारका सबैजसो मुलुकमा लगानी र सहयोग गर्छ ।

चीनका धेरै जसो विश्वविद्यालयहरु अमेरिकी सहयोगमा बनेका छन्। तर, त्यहाँ रवि र भीम रावलहरुले भने जस्तो अमेरिकी सेना परेड खेल्दैन् । क्युवाले अमेरिकाको सहयोग लिदैन् तर क्युवाको गुन्टानामोमा अमेरिकी सेनाको बेस क्याम्प आजपनि छ । अहिलेको भुमण्डलीकरणको युगमा फ्रि–लन्च भन्ने केही पनि हुन्न, दाताका आफ्ना स्वार्थहरु हुन्छन् । अमेरिकी विश्वविद्यालयहरुले दिने छात्रवृत्ति देखि युएसएड सम्मका सबै परोपकारी डोनेशनहरु अमेरिकी सरकारको स्वार्थ अनुरुप नै हो । एमसीसी, युएसएड,फुलब्राईट छात्रवृत्ति देखि इन्डो (प्यासिफिक रणनीति) सम्म सबैलाई अमेरिकी इन्ट्रेस्टलाई प्रबर्धन गर्न अमेरिकाले प्रत्यक्ष अप्रत्यक्ष ल्याएको कार्यक्रम हो ।

उदाहरणका लागि यो संसारमा अरबौं मान्छेले धुम्रपान गर्छन, हामीले लिने सबै हावामा टेक्निकल्ली चुरोटको धुवाँ हुन्छ । अब के क्यान्सर हुनसक्छ भन्दैमा हामीले पृथ्वीमा श्वास नै नफेर्ने त, कहाँ जाने श्वास फेर्न चन्द्रलोकमा। देश गरिब छ, देश चलाउन विदेशी सहायता चाहिन्छ र संसारमै सबैभन्दा धेरै सहायता दिने त्यहीँ अमेरिका हो र त्यसैले दिन्छु भन्दा त्योसँगं नलिए को सँगं लिने त ।

अझ रवि ले त, हिजो जाबो ५५ अर्ब त ५ जना भ्रष्टाचारी समाए आउँछ भन्दै थिए । अनि अमेरिकाले पैसा पनि फेरि किस्तामा ११ अर्ब दिन्छ रे अनि त्यो के काम पनि भन्न भ्याए । कस्तो जान्या क,े नेता भ्रष्टाचारको कुरा जोडे त सबै सिद्धिन्छ । अझ कस्तो कस्तो भीम रावल पाराको काईतेको तर्क पनि दिदैं थिए । अनि पुरै लोकल शैलीमा एमसीसी (कमप्याक्ट को व्याख्या गर्दै थिए । सरी अमेरिका भन्दै !!