१२ जनाको ज्यान जाने गरि बाँकेमा भएको गाडी दुर्घटनाका मृतकको सनाखत अझै हुन सकेन, यि हु्न २१ जना घाईतेहरु...

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०७७, ११ : ०९
१२ जनाको ज्यान जाने गरि बाँकेमा भएको गाडी दुर्घटनाका मृतकको सनाखत अझै हुन सकेन, यि हु्न २१ जना घाईतेहरु...

काठमाडौं । आइतबार राती बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २, मा पर्ने कचनापुर र शमसेरगन्जको बिचमा पर्ने ठोरी जङ्गलमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन ।

मृतक शबैको शव भेरी अस्पतालमा राखिएको छ । घाइते २१ को पनि भेरी अस्पतालमै उपचार भइरहेको छ । मृतक र घाइते सबैको स्वाब संकलन गरि कोरोना परिक्षण गरिने तयारी गरिएको अस्पतालले जनाएको छ । मृतकको अहिलेसम्म सनाखत भएको छैन भने घाइते हुनेहरुको विवरण यसप्रकार रहेको छ ।

घाइते हुनेहरुमा साबिकको धर्ना गाबिस ४ बसन्तपुर दाङका ४५ बर्षिय मेगराज केसी, त्रिवेणी गाउँपालिका ७ तिला रोल्पाका १७ बर्षिय सुनिल परियार, सोहि ठेगाना भएका २० बर्षिय बिरेन्द्र परियार, सोहि ठेगाना भएका १८ बर्षिय पुरन परियार, तुलसीपुर उमनपा २ खैरीकोट दाङका ३९ बर्षिय बिष्णु गिरी, सारदा नपा ६ सल्यानका ३६ बर्षिया टीका चलाउने ९महिला०, राजपुर गापा ६ दाङका २० बर्षिय दिपेश चौधरी, तुलसीपुर उमनपा २ खैरीकोट दाङका रुपलाल केसी, कुरैली गापा २ रोल्पाका ५२ बर्षिय नर बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, अन्य घाइतेमा राजपुर २ रैयानिया दाङका २१ बर्षिय जीवन घर्ती, ठेगाना नखुलेका रोल्पाका ४० बर्षिय दिल बहादुर बिक, कुपनिया गापा ६ का २० बर्षिय मिनराज बिक, सिद्धकुमाख गापा ५ दह सल्यानका ४० बर्षिय तेज बहादुर बुढाथोकी, ठेगाना नखुलेका सल्यानका १८ बर्षिय धन बहादुर बोहरा, सिद्धकुमाख गापा ४ सल्यानका २८ बर्षिय लोकेस घर्ती, ठेगाना नखुलेका सल्यानका ५२ बर्षिय दिप बहादुर बुढा, गढवा ६ दाङका २० बर्षिय भरत थापा, सिद्धकुमाख सल्यानका शिव भण्डारी, सिद्धकुमाख ५ सल्यानका २६ बर्षिय निम बहादुर ओली, सिद्धकुमाख ५ दह सल्यानका १८ बर्षिय देवेन्द्र बुढाथोकी र सिद्धकुमाख ५ सल्यान कै १७ बर्षिय ज्ञान बहादुर बोहरा रहेका छन ।

भारतबाट आएका ३३ चालक र सहचालक सहित) यात्रुहरुलाई लिएर सल्यान तर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स बस राती सवा ब्राह बजेतिर रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा उक्त दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ ।