काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव र रहेको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रहि प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केहि भूभागमा वर्षा भइरहेको छ। सोमबार पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ।
पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मंगलबार देशको पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भूभागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
सोमबार राती पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
बुधबार देशको पहाडी भू(भागमा सामान्य बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू(भागका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा स्थानहरुमा मेघगर्जन र चट्याङ हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०७७, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
कस्तो रहला आज दिनभरको मौसम ?
आजको मौसम : यी दुई प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा सामान्य वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरूमा भारी वर्षाको सम्भावना