सीमा विवादबारे डिल्लीराम त्रिपाठीले ल्याए ‘हामी गोर्खाली तेरो घमण्ड तोडिदिन्छौं’ बोलको गीत

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, १५ : १५
सीमा विवादबारे डिल्लीराम त्रिपाठीले ल्याए ‘हामी गोर्खाली तेरो घमण्ड तोडिदिन्छौं’ बोलको गीत

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । पछिल्लो समय लिपुलेकमा भारतीय तर्फबाट सडक निर्माण गरेपछि नेपाल–भारत सीमा विवाद चर्किंदै गएको छ । 

केही समय पहिला भारतले आफ्नो नक्सा जारी गर्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी भारततर्फ भएको सार्वजनिक गरेको थियो । 

त्यसको विरोध हुँदाहुँदै भारतले सडक नै निर्माण गरेपछि नेपाल तर्फबाट पनि सोही भूभाग नेपालकै हो भनेर नक्सा सार्वजनिक गरिएको छ । तर भारतले यो स्विकारेको छैन । 

यही विषयमा गायकहरुले गीतहरु निकाली रहेका छन । यस्तै पर्वतको एउटा दुर्गम गाउँमा जन्मेर आफ्नो कला र गला प्रदशन गर्ने अवसर नपाएका डिल्लीराम त्रिपाठीले देश भक्ती र भारतीय विस्तारवाद विरुद्धको बारेमा एउटा र्‍याप गीत बनाएका छन् । ‘हामी गोर्खाली तेरो घमण्ड तोडिदिन्छौं’ बोलको गीतमा शब्द र स्वर दुवै त्रिपाठीको रहेको छ ।

लकडाउनपछि यही गीतलाई म्युजिक भिडियोसहित सार्वजनिक गर्ने त्रिपाठीले बताए । आफ्नो साथीहरुको सहयोगमा सामान्य भिडियो बनाएर गीत सार्वजनिक गरेको उनले बताए ।

गीतले छिमेकी सीमा अतिक्रमण गरेका विषयलाई उठाएको छ । सुस्ता, कालापानी, लिपुलेकका भूभाग नेपालकै हो सोही भूमि नेपालले फिर्ता ल्याउनका लागि नेपालीहरु एकजुट हुनुपर्छ भन्ने सन्देश गीतले दिन खोजेको छ । 

प्रतिक्रिया दिनुहोस