संविधान संशोधन विधेयक आज संसदमा टेबुल हुँदै

संसद नियमावली निलम्वन गर्दै फाष्ट ट्र्याक बाट सर्वसम्मत पारित गराउने पक्षमा सरकार, राजपा अझै अनिर्णित

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०७७, ०९ : २२
संविधान संशोधन विधेयक आज संसदमा टेबुल हुँदै

काठमाडौं । सरकारले संविधानको अनुसूचिमा रहेको निशान छाप संशोधनका लागि संसदमा दर्ता गराएको संविधान संसोधन विद्ययक आज संसदमा प्रस्तुत हुने भएको छ । काननुमन्त्री डा शिवमाया तुम्वाहाम्फेले विद्ययक आज संसदमा प्रस्तुत गर्न लागेकी हुन् ।

१४ जेठमै संविधान संशोधन  विद्ययक टेवुल गर्नका लागि परिपक्क भएपनि सरकारले त्यसदिन अचानक कार्यसूचिबाटै संशोधन प्रस्ताव दर्ताको प्रस्ताव झिकेपछि अनके आशंका गरिएको थियो । भारतीय सञ्चारमाध्यमहरुले भने सरकार आफनो संसोधन प्रस्तावबाट पछि हटेको भन्दै प्रचारबाजीमा उत्रेको थियो ।

विहान ११ वजे बोलाईएको संसद वैठकमा अब संसोधन प्रस्ताव प्रस्तुत हुने गरी कार्यसूचि हिजै तय गरिएको छ । कांग्रेसले पनि हिजो अबेर राती पार्टी केन्द्रीय समितिको वैठक बसेर संसदीय दललाई संसोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिईसकेको छ ।

सरकारले राष्टिय अखण्डता र सार्वभौमसत्तासँग जोडिएको विषयमा सरकारले संविधान संशोधन गर्न चाहेकोले यस्तो विषयमा सबै राजनीतिक दलका वीचमा सर्वसम्मत निर्णयका आधारमा संविधान संसोधन गनुपर्ने प्रस्ताव गरिरहेको छ । १३ गतेको सर्वदलीय वैठकमा पनि प्रधानमन्त्री केपी ओलीले राजनीतिक दललाई संशोधनमा सर्वसम्मत निर्णयमा पुगन आग्रह गरेका थिए ।

सरकारले भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मको भूमि समेटेर ५ जेठमा मनित्रपरिषद् बाट गरेको निर्णय अनुसार ७ जेठमा सार्वजनकि गरेको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको निशान छापमा पनि समेटने गरी संसदमा ९ जेठमा संसोधन प्रस्ताव दर्ता गराएको थियो ।

त्यसरी दर्ता भएको संशोधन प्रस्ताव परिपक्क  भई संसदको फुल हाउसमा प्रस्तुत हुन ५ दिन लाग्ने संसदको नियमावलीमा ब्यवस्था छ ।

अब सरकारले नियमावलीका केही प्रावधान निलम्वन गरेर भएपनि फाष्ट ट्याकवाट पारित गर्ने योजना बनाएको छ । संसदको नियमित नियमावली अनुसार जाने हो भने ३० दिनमा प्रस्ताव सार्वजनिक गर्ने, ७२ घण्टा संसोधन प्रस्तावमाथी पनि संसोधन हाल्न समय दिने र मात्र छलफल गराई निर्णय प्रक्रिायमा लैजाने ब्यवस्था छ ।

तर कोभिड १९ को बढदो संक्रमण र राष्ट्रियताको विषय जोडिएकाले पनि सरकारले यो प्रक्रियालाई फाष्ट ट्याकबाट संसोधन गर्न चाहेको छ । त्यसकारण संसद नियमावलीमा रहेका ३० दिनको समयावधी, संसोधनका लागि ७२ घण्टे समय लगायतका नियम निलम्वन गरेर फाष्ट ट्याकमा संसोधन विद्ययकलाई पारित गर्ने तयारी गरेको छ । त्यही अनुसार सरकारले आज संसोधन विद्ययकलाई संसदमा प्रस्तुत गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस