८० प्रतिशत कोरोना संक्रमितलाई कुनै लक्षण छैन

पत्रपत्रिकाबाट

आइतबार, १८ जेठ २०७७, ०७ : ३६
८० प्रतिशत कोरोना संक्रमितलाई कुनै लक्षण छैन

काठमाडौं । मुलुकमा हालसम्म कोरोना संक्रमण भएका व्यक्तिमध्ये ८० प्रतिशतलाई कुनै पनि लक्ष्ँण देखिएको छैन । 

स्वास्थ्य अवस्था सामान्य रहेकै अवस्थामा उनीहरुमा संक्रमण देखिएको छ ।  संक्रमणको लक्षण देखिएकामध्ये केहीलाई मात्र सामान्य रुघाखोकी लागेको पाइएको छ । 

विशेषज्ञहरुका अनुसार अधिकांश व्यक्ति एसिम्टोम्याटिक अर्थात लक्षण नदेखिएको संक्रमित हुन् भने स्वास्थ्य समस्या देखिएकामा समेत अन्यन्त सामान्य लक्षण देखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

 कोरोनाबाट मृत्यु भएकामध्ये आधाजतिमा निमोनिया देखिएको छ  भने मृत्यु भएका अधिकांशमा पहिलेदेखि नै अन्य जटिल समस्या थियो ।  स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म १ हजार ४४६ का साथै ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस