पत्रकार चौधरीमाथि अज्ञात समूहबाट आक्रमण, कारबाहीको माग

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, १६ : ३५
पत्रकार चौधरीमाथि अज्ञात समूहबाट आक्रमण, कारबाहीको माग

साङ्केतिक फोटो

काठमाडौं । कैलाली जिल्लाको रेडियो नमस्ते टीकापुरमा कार्यरत पत्रकार बिफा चौधरीमाथि शुक्रवार राती अज्ञात समुहले आक्रमण गरेको छ । उक्त आक्रमणको घटनाप्रति थारु पत्रकार संघ केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

थारु पत्रकार संघका महासचिव सन्तकुमार चौधरीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कडा शब्दमा खेद व्यक्त गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, स्वतन्त्र रुपमा लेख्न र बोल्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित बनाउने गरी पत्रकार चौधरीमाथि भएको घटना सह्य हुनेखालको छैन । आक्रमणबाट घाइते भएकी पत्रकार चौधरीको स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्न भएका व्यक्तिहरुको पहिचान गरी कडाभन्दाकडा कार्वाहीको माग गर्दछौं ।  

चौधरीमाथीको आक्रमणले सिङ्गो प्रेसमाथि आक्रमण भएको हामीले ठानेका छौं विज्ञप्तिमा भनिएको छ, रेडियोमा प्रशारण भएको समाचार चित्त नबुझेमा उपचारको कानुनी बाटो हुँदाहुँदै अज्ञात शैलीमा अपहरण गरी ज्यान मार्ने प्रयास भएको घटनाको घोर भत्र्सना गर्दछौं । 

प्रतिक्रिया दिनुहोस