राजपा–समाजवादीमा फेरि रडाको, पार्टी एकता अब के होला ?

संविधान संसोधनको विषयले राजपा समाजवादीमा शुरु भयो विवाद

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, ०९ : ०८
राजपा–समाजवादीमा फेरि रडाको, पार्टी एकता अब के होला ?

file photo

काठमाडौं । संविधान संसोधनको विषयले पार्टी एकताको घोषणा गरेका समाजवादी र राजपाबीच फेरि खटपट शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीभित्रको अप्ठयारो तोड्न र मधेस केन्द्रीत दल विभाजन गर्ने खेलमा लागेर अध्यादेश ल्याएपछि राजपा र समाजवादीले रातारात एकता गर्ने घोषणा गरेका थिए । 

उक्त निर्णय निर्वाचन आयोगमा समेत बुझाएर अन्य विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने बताएर फर्केका उनीहरुले त्यसयता केन्द्रीय पदाधिकारी र केन्द्रीय समितिको टुंगो समेत लगाउन सकेका छैनन् । यही बीच संविधान संसोधनको विषयमा मतभेद हुदाँ राजपा र समाजवादीको पार्टी एकता घोषणामै कतै ब्रेक त लाग्ने होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । उक्त नक्सा संविधानको अनुसूचि ३ मा रहेको निशाना छापमा संसोधनका लागि सरकारले जेठ ९ गते संसदमा संविधान संसोधन प्रस्ताव दर्ता गराएको छ ।

तर यो प्रस्तावसँगै आफुहरुले उठाउदै आएको संसोधनका विषय पनि प्याकेजमा समेटेर संविधान संसोधन गर्नुपर्ने मधेस केन्द्रीत यी दुई दलले आग्रह गदै आईरहेका थिए  । तर प्रधानमन्त्री ओलीले यो विषयमा अहिले अन्य विषय जोड्न नहुने र राष्ट्रिय अखण्डताका लागि गर्न खोजिएको संसोधनमा विलम्व गर्न नहुने अडान लिएपछि राजपा समाजवादीमा अन्यौल पैदा भएको हो । त्यसपछि राजपाले आफना संसोधनका विषय पनि संसदमा दर्ता गराउन खोजेको थियो ।

यसैमा दुई दलबीच विवाद बढेपछि समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना ५ जना सांसदलाई संसोधन दर्ता गर्न पुगेकै अवस्थामा फिर्ता बोलाएका छन् । जसकाकारण राजपा समाजवादी एकता अब के होला ? भन्ने प्रश्न उठेको छ । राजपा सरकारले दर्ता गरेको संविधान संसोधनको पक्षमा मात्र मतदान गर्न हच्चिकिचाईरहेको छ ।

तर समाजवादी राष्ट्रिय अखण्डतासँग जोडिएको यो विषयमा अन्य विषय अहिले संसोधनमा लैजान नसकिएपनि पक्षमा मतदान गरेर जानुपर्ने पक्षमा उभिएको छ । सोही कारण राजपा समाजवादीमा संविधान संसोधनको विषयले फेरि विवाद बल्झिएको छ ।
 
 

प्रतिक्रिया दिनुहोस