दाङको कोरोना विशेष अस्पतालबाट आठ जना निको भएर घर फिर्ता

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०७७, १५ : १९
दाङको कोरोना विशेष अस्पतालबाट आठ जना निको भएर घर फिर्ता

दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको  भएर घर फर्किएका छन् ।  

कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिए ।

वलीका अनुसार घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् ।  कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका  ४५ मध्ये आठ जना निको भएपछि  ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । 

अस्पतालमा रुकुम(पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र  बर्दियाका छन् । उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताए ।