गायक सन्तोष जङ्ग खत्रीको स्वरमा ‘दिन मै नशा’ बोलको गीत सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०७७, १४ : ५४
गायक सन्तोष जङ्ग खत्रीको स्वरमा ‘दिन मै नशा’ बोलको गीत सार्वजनिक

- हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । गायक सन्तोष जङ्ग खत्रीको स्वरमा ‘दिन मै नशा’ बोलको गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द,  आफ्नै लय र आफ्नै आवाजमा यो गीत प्रस्तुत गरेका छन् ।

लकडाउनको समय भएका हुनाले भिडियोसहित सार्वजनिक गर्न नमिल्ने भएकाले लिरिकल भिडियो बनाएर सार्वजनिक गरेको उनले बताए ।

उनले यो गीत मायाप्रेमलार्इ समेटेर तयार गरेको र गीत पोखरा स्थित क्रेजी स्टुडियोमा रेकर्ड गरेको बताए । गीतको अरेनज भने बिनोद रसाइलीले गरेका छन् । लकडाउनपछि यही गितलाई म्युजिक भिडियोसहित बजारमा ल्याउने कुरा पनि उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस