एजेन्सी । कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पुनः बढ्न थालेपछि खुलेका विद्यालयहरु फेरि बन्द गरिएका छन् । संक्रमण नियन्त्रणमा आउन लागेको भन्दै त्यहाँको सरकारले केही दिनअघि विद्यालयहरु खुला गरिएका थिए ।
तर पछिल्लो केही समय यता संक्रमण पुनः बढ्ने क्रम देखिएपछि २ सय ५० भन्दा बढी विद्यालयहरु बन्द गरिएका छन् । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ५६ जनामाकोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
एक दिनअघि अर्थात बुधबार पछिल्लो दुई महिनायताकै सबैभन्दा धेरै ७९ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनमा जनघनत्व बढी भएका क्षेत्रमा संक्रमण देखिएकाले चासो बढेको हो। अधिकांश संक्रमितको सम्बन्ध सिओलको पश्चिममा रहेको एक वितरण केन्द्रसँग जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १६ जेठ २०७७, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि