आज दिनभरिको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०७७, ०८ : २२
आज दिनभरिको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा शुक्रबारको मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

पूर्वी र पश्चिमी भूभागका केही स्थानहरु तथा मध्य भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद  अनुसार अहिले मध्य भूभागको तराई र पूर्वी भूभागको तराई क्षेत्रका जिल्लामा मौसम सफा छ । तर, पूर्वी भूभागको पहाडी जिल्लाहरुमा भने बादल लागेको छ ।

शुक्रबार राति पनि देशभर सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल नेपालको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश ५ का केही  स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षा भैरहेको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पनि शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस