काठमाडौं । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताउनुभएको छ ।अमेरिका–चीनबीच पछिल्लो समय व्यापार, कोरोनाभाइरसलगायतका विविध बिषयलाई लिएर तनाब देखिइरहेका समय चिनियाँ प्रधानमन्त्रीले अमेरिका–चीनबीचको सम्बन्धमा समस्या आउनु चीन, अमेरिकालगायत विश्वका अन्य मुलुकका लागि पनि राम्रो नहुने बताउनुभएको हो ।
यदि विश्वका दुई प्रमुख अर्थतन्त्रले एकआपसमा विवाद मात्रै गर्ने हो भने कोरोनाभाइरसका कारण प्रभावित विश्व अर्थतन्त्र अझै थप सङ्कटतर्फ जाने धारणा राख्नुभएको हो । राष्ट्रिय जनसभाको समापन समारोहपछि पत्रकार सम्मेलनमा बोलेका कुराबारे लीलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ,“चीन र अमेरिकाले एकआपसमा सम्बन्धलाई जटिल बनाएमा यो अमेरिका, चीन र बाँकी विश्व कसैको हितमा पनि हुने छैन ।”
पछिल्ला केही दिनहरूमा चीन र अमेरिकाबीच ‘कोरोनाभाइरस महामारी’ चीनका कारण विश्वव्यापी बनेको तथा हङकङबारे चीनद्वारा ल्याइएको कानूनबारे अमेरिकाले चीनको आलोचना गर्दै आएको छ । त्यसो त अमेरिका र चीनबीच वर्तमान् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै व्यापार विवादले स्थान लिएको छ ।
चिनियाँ प्रधानमन्त्री लिले भन्नुभयो, “दुई मुलुकबीचसोचमा चिन्नता हुनु स्वभाविकक हुन्छ तर तर्कसम्मत माध्यमबाट सहमतिको साझा विन्दुमा पुग्नु उत्तम विकल्प हुन्छ ।” “हामीबीच फरक राजनीतिक प्रणाली, सांस्कृतिक परम्परा र ऐतिहासिक पृष्ठभूमि रहेका छन् । त्यसैले हामीबीच विवाद हुनु नितान्त स्वभाविक कुरा हो । तर कुरा के हो भने विवादको कसरी समाधान निकाल्ने भन्ने हो । विगतका केही दशकदेखि अमेरिका–चीनबीच सम्बन्धमा विभिन्न रूपमा विवाद आयो ।”
उहाँले भन्नुभयो, च“ीन र अमेरिका दुबै पक्षले दुई देशका राष्ट्रप्रमुखबीच यस पहिले सम्पन्न शिखर सम्मेलन तथा ओपचारिक तथा अनौपचारिक कुराकानीमार्फत निकालेको निष्कर्ष तथा महत्वपूर्ण मतऐक्यता बमोजिम समन्वय, सहकार्य र स्थिरताको आधारमा अघि बढ्नुपर्ने बुझाई चीनको रहेको छ ।” प्रधानमन्त्रीले दुई मुलुकबीचको अर्थतन्त्र एकआपसमा गाँसिएका र व्यवसायले पनि एक अर्कालाई वेवास्ता गरी अघि बढ्न नसक्ने बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १५ जेठ २०७७, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान-अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतबार ओमानमा हुने
भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल
अमेरिकामा घरमाथि प्लेन खस्यो
अमेरिकामा दादुराका आठ सय भन्दा बढी बिरामी भेटिएको पुष्टि
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी