सप्तरीमा दुई प्रहरी कोरोना संक्रमित

रासस

विहीबार, १५ जेठ २०७७, २० : २९
सप्तरीमा दुई प्रहरी कोरोना संक्रमित

काठमाडौं । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका थप एक प्रहरीमा आज कोरोना संक्रमण पुष्टि भएको छ  । यससँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । बुधबार मात्र सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय प्रहरी सहायक निरीक्षकमा संक्रमण पुष्टि भएको थियो ।

प्रदेश नं २ मा कोरोना संक्रमित प्रहरीको सङ्ख्या १३ पुगेको छ । सबैभन्दा बढी बारामा सात प्रहरी संक्रमित देखिएका छन् । सप्तरी, सिरहा र धनुषामा दुईदुई  प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।