थप २४ जिल्लामा साक्षरता कार्यक्रम आयोजना गरि नेपाललाई साक्षर घोषणा

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १७ : २३
थप २४ जिल्लामा साक्षरता कार्यक्रम आयोजना गरि नेपाललाई साक्षर घोषणा

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरिने बताएका छन् । २४ जिल्लामा साक्षरता कार्यक्रम आयोजना गरिएर नेपाललाई साक्षर घोषणा गरिनेछ । विद्यालयहरुमा कक्षा कोठा निर्माण, सुचना प्रविधि ल्याव, खेल मैदान लगायतका पुर्वाधार निर्माण गरिनेछ 
 राष्ट्रपति शैक्षिक सत्रका लागि ६ अर्ब बजेट छुटयाईएको छ । छात्रवृत्ति एकीकृत कार्यक्रम ल्याई जेहेन्दार, अपांगको शिक्षालाई २ अर्ब ७० करोड छुटयाएको छ। साुमदायिक विद्यालयमा ५ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाइ लक्षित गरि दिवा खाजा कार्यक्रम अब ४३ जिल्लामा बढाई यसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् । माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको जिम्मेवारी लिनुपर्ने छ ।  आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने छ । मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने नेपाललाई साक्षर नेपाल घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस