नेपालमा कोरोना संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

पत्रपत्रिकाबाट

विहीबार, १५ जेठ २०७७, ०७ : ४७
नेपालमा कोरोना संक्रमण थप बढ्दो, अब ५० हजार कीट मात्रै बाँकी

काठमाडौं ।  कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ ।  संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामाग्री खरिद गरेको थियो ।

१ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप एक लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।