रुकुम हत्याकाण्ड प्रकरणबारे बोल्यो विप्लव नेतृत्व नेकपा

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०७७, २० : २७
रुकुम हत्याकाण्ड प्रकरणबारे बोल्यो विप्लव नेतृत्व नेकपा

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता प्रकाण्डले आज  एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्जातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य व्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको बताए ।

विज्ञप्तिमा प्रकाण्डले मान्छेको ज्यान लिने र वे’प’त्ता पार्ने गरी घ’टा’इएको घ’ट’नाका योजनाकार, संलग्न ब्यक्ति र घ’ट’नालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जंगली सामन्ती फासिवादी, श्रमजीवी र दलित समुदाय विरोधी तत्वहरुको आफ्नो पार्टीले कडा निन्दा र भत्र्सना गरेको बताएका छन् ।

घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै यदि दोषीलाई उन्मुक्ति दिने कोसिस गरिए उक्त मुद्दा जनअदालतमा प्रवेश गराउने चेतावनी दिंदै प्रकाण्डले उक्त कदममा आम जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस