कोभिड–१९ रोकथाममा ७ अर्ब खर्च हुने अनुमान

बुधबार, १४ जेठ २०७७, ०८ : २३
कोभिड–१९ रोकथाममा ७ अर्ब खर्च हुने अनुमान

काठमाडौं । नेपालमा अधिकतम १० हजार संक्रमित पुगेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) शीर्षकमा झन्डै सात अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड–१९ लाई मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य, अस्पताल व्यवस्थापन, सूचना प्रणाली, उपचारलगायत शीर्षकमा ६ अर्ब ८९ करोड ९ लाख ३९ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएकोे हो ।

केन्द्रमा १ अर्ब ९३ करोड २६ लाख ७२ हजार रुपैयाँ र प्रदेश तथा स्थानीय तहमा ४ अर्ब ९५ करोड ८२ लाख ६७ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएकोे छ । क्वारेन्टिन व्यवस्थापनका लागि केन्द्रमा २१ करोड २३ लाख १० हजार रुपैयाँ, स्थानीय र प्रदेश तहमा २ अर्ब १२ करोड ३१ लख खर्च हुने प्रक्षेपण गरिएकोे छ । राजधानी दैनिकमा खबर छ ।