काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा गुलरिया –ं १ का १८ वर्षीय तथा वडा नं १० का २२ र २४ वर्षीय युवकमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
गुलरिया –१ का युवक भारतको बैंगलोरबाट आई शम्भुशरण माविको क्वारेन्टाइन बसी यही जेठ ९ गतेदेखि बर्दिया अस्पतालको क्वारेन्टाइनमा रहेका थिए । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुर क्वारेन्टाइनमा बस्दै आएका दुई जना पनि भारतबाट आएका हुन् । संक्रमित तीन जनालाई उपचारका लागि दाङ पठाइएको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।
यसअघि राजापुरकी –११ वर्षीया बालिका, गुलरिया –११ घर भई काठमाडौँमा रहेका एक पुरुष, बढैयाताल गाउँपालिका ७ का १९ वर्षीय पुरुष र बाँसगढी नगरपालिका –९का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बर्दिया अस्पतालमा आकस्मिक सेवा मात्रै
गुलरिया -बर्दिया अस्पतालमा उपचार गराइरहेका १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवाबाहेक अन्य सेवा स्थगन गरिएको छ । गुलरिया –१ खैरापुरस्थित नेपाल राष्ट्रिय शम्भुशरण माविको क्वारेन्टिनमा रहेका युवकको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसोलेशन वार्डमा राखिएको थियो ।
आइसोलेशन वार्डमै रहेका बेला ती युवकमा कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेक सबै सेवा एक हप्ताका लागि स्थगन गरिएको अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ जेठ २०७७, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै