बालुवाटारमा आज ११ बजे मन्त्रिपरिषद् बैठक, के के छन् त एजेण्डा !

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०७७, ०८ : १५
बालुवाटारमा आज ११ बजे मन्त्रिपरिषद् बैठक, के के छन् त एजेण्डा !

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बालुवाटारमा बस्दैछ । हिजो दिउँसो ४ बजेका लागि बोलाईएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यव्यस्तता देखाउदैं आजका लागि सारेका थिए ।

बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल हुने र सोही अनुसार निर्णय गरिने सरकारका एक मन्त्रीले बताए । आजको बैठकमा संसदमा निशान छाप संसोधनका लागि संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्ताव, भारतसँगको सीमा विवाद, कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारी कदम लगायतका विषयमा छलफल हुनेछन् ।

त्यसका अतिरिक्त अन्य मन्त्रालयगत निर्णयहरु पनि आजको मन्त्रिपरिषद् बैठकबाट हुन सक्ने ति मन्त्रीले बताए । कोरोना नियन्त्रणका लागि सरकारले गत चैत ११ यता मुलुक लकडाउन गर्दै आईरहेको छ । लकडाउन गरेपनि अहिलेसम्म ६ सय बढीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । अहिले सीमावर्ती भारतबाट नेपालीहरु स्वदेश फर्किने क्रम रोकिएको छैन । उनीहरु दिनुह हजारौंको संख्यामा नेपाल फर्किरहेका छन् ।

उनीहरुलाई स्वदेश भित्राएर कसरी ब्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने लगायतका विषयमा पनि आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुन सक्ने बताईएको छ । सरकारले क्वारेन्टाइनको ब्यवस्थापन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसार ब्यवस्थापन गर्न नसकेको आरोप लागिरहेको छ ।

क्वारेन्टाइनमा रहेकाहरु पनि भाग्ने क्रम बढेसँगै जोखिम पनि बढिरहेको छ । यस्तो अवस्थालाई मध्यनजर गरेर सरकारले के कसरी विदेशबाट आएकाहरुको सुरक्षित क्वारेन्टाइन व्यवस्थापन गर्ने भन्ने विषयमा पनि मन्त्रिपरिषद् बैठकमा आज छलफल हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस