चन्द्रौटा । भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटोमा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो ।
अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । मृतकसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा सेवन गरेका थिए ।
भारतबाट दुई बस रिजर्भ गरेर आज गैरेसहित ९१ जना नेपाल प्रवेश गरेका छन् । उनको मृत्युको सबै कारण खुल्न सकेको छैन । गैरेसहित उनीसँग सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको उहाँले बताउनुभयो । उनको शव परिवारको जिम्मा लगाइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु