हावाहुरीले एकको मृत्यु, चार घाइते

आइतबार, ११ जेठ २०७७, २१ : ३८
हावाहुरीले एकको मृत्यु, चार घाइते

चितवन । भरतपुर–१ देवघाटमा आईतबार साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा हुनुहुन्छ  ।

उहाँको उपचारका क्रममा साँझ सवा ७ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस