चितवन । क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ ।
राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ जेठ २०७७, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार विरुद्ध मुद्दा दायर
प्रहरीद्वारा साढे तीन हजार लिटर बढी मदिराजन्य पदार्थ नष्ट
बिहारमा विषाक्त मदिरा सेवनबाट ३० जनाको मृत्यु