गजल

शनिबार, १० जेठ २०७७, १७ : ३८
गजल

साङ्केतिक फोटो

- कृष्ण सुदामा

लिपुलेक, लिम्पियाधुरा वा होस् कालापानी ,
अहँ, कत्ति सह्य छैन ठुल्याइँको मनोमानी ।
भूगोलले ठुलो सानो हुनसक्छ कुनै भुभाग,
सारा प्रमाण लत्यायर हत्याउने जानिजानि।
स्वाभिमानी, राष्ट्रप्रेमि दुस्खेका छन् सारा आँत,
हाम्रो माटो हाम्रो मुटु किन ताक्छ छानि छानि।
अन्तिम टुङ्गो लाग्नैपर्छ जे जति छन् साझा मुद्दा,
सधैंलाई अन्त्य हुन् अर्घेला यि आनिबानी।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी,
हाम्रा निम्ति सर्वोपरि हाम्रो माटो, ढुङ्गा, पानी।

प्रतिक्रिया दिनुहोस