काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो ।
पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए । घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।
कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ जेठ २०७७, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
होन्डुरसको टापुबाट उडेको सानो विमान दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु
सुडानमा विमान दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
१० यात्रु सवार विमान अलास्का क्षेत्रबाट बेपत्ता