श्रमिक नपाएपछि नारायणगढ–बुटवल सडक निर्माण कार्य सुरु हुन सकेन

निमार्णाधिन कल्भटको काम वर्षात अगाडि पुरा नगरे ठेकेदारलाई ठूलो क्षति हुने

प्रकाश सिग्देल

बुधबार, ०७ जेठ २०७७, १८ : २५
श्रमिक नपाएपछि नारायणगढ–बुटवल सडक निर्माण कार्य सुरु हुन सकेन

–   प्रकाश सिग्देल
काठमाडौं । लकडाउनकै बिचमा पनि काम सन्चालन गर्ने भनिएपनि नारायणगढ बुटवल सडक निर्माणको  काम भने अगाडि बढ्न सकेको छैन् ।  कोरोनाका बिरामीहरु बढे संगै ठेकेदार कम्पनिले जोखिम बढेको र श्रमिकको अभावका कारण यहि अवस्थामा काम गर्न नसकिने बताएको सडक निमार्ण आयोजना कार्यान्वयन कार्यालय गैडाकोटका प्रमुख सुजन अधिकारीले बताउनु भयो ।  आफुहरुले सबै तिर छलफल गरी सुरक्षाका सबै मापदण्ड पुरा गरी काम गर भनेर निर्देशन गरेपनि ठेकेदार पक्षले यहि अवस्थामा काम गर्न नसकिने बताएको उहाको भनाई छ । अधिकाम्स दक्ष श्रमिक बर्दीयाका रहको र उनिहरुलाई ल्याउन नसकिने अवस्था रहेको , स्थानिय कामदारहरुले पनि क्याम्पमा बसेर काम गर्ने मनसाय नदेखाएकाले लकडाउनको यो अवस्थामा काम नहुने भनेर आफुले जानकारी पाएको अधिकारी बताउनु हुन्छ । 

दक्ष जनशंत्ति बर्दीया बाट ल्यानु पर्ने र लोक्कल कामदार क्याम्पमा नबस्ने भनेकाले अहिले काम गर्ने मजदुरको अभाव भएकोले काम थाल्न नसकिएको नारायणगढ बुटवल सडक कन्सल्टेन्ट कम्पनीका रेसिडेन्ट ईन्जिनिर्यर  स्याम बिक्रम खाडले बताउनु भयो । अर्को हप्ता बाट निमार्णाधिन कल्भटहरुको काम सुरु गर्ने गरी तयारी रहनु भनेर आफुले ठेकेदार लाई भनेको र बातावरण सहज बने कल्भटको काम थाल्ने उहा बताउनु हुन्छ । 

मुल सडकमा डाईभ्रसन बनाएर  आयोजनाले धेरै जसो कल्भटको काम थालेको थियो । काम गर्दै गर्दा लकडाउन भएपछि काम रोकिएको हो ।  यहि जेठमा ति काम पुरा हुन नसके असार महिना लागे संगै साना खहरे खोलामा आउने बाढिले  डाईभ्रसन भत्काउने र बाटो पनि अवरुद्ध बन्ने र बन्दै गरेको कल्भटमा पनि ठुलो क्षती गर्ने देखिन्छ । सम्भाबित क्षती रोकनकै लागी ठेकेदार कम्पनिले सुरक्षा बिधि अवलम्वन गर्दै तत्काल काम थालनु पर्ने अवस्था रहेको छ । 

२०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ५७ बर्षपछि फराकिलो गराउने गरी चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सनसंग ठेक्का सम्झौता भएपछि काम धमाधम भएको थियो ।  दुई लेनको रहेको सडक फराकिलो पार्ने कामको प्रधानमन्त्री केपि शर्मा ओलीले चैत्र ८ गते  बुटवलबाट शिलान्यास गर्नु भएको थियो । १७ अर्ब रूपैयाँको लागत रहेको  सडकका लागि एशियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ । बाँकी रकम नेपाल सरकारले नै लगानी गर्ने छ । बुटवल–नारायणगढ १ सय १३ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार हुनेछ । १ सय १३ किलोमिटरमध्ये २८ किलोमिटरमा ६ लेन’ अर्थात् सर्भिस लेन पनि संगै हुनेछ । ‘सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । सडकको दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको हो । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुबैतर्फ काम भएको थियो । 

गैंडाकोट दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ रहेको छ । 

सडकका लागि नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षका लागी  एडिबीले ऋण उपलब्ध गराएको हो । आयोजनाको ठेक्का ७५ पुस ४ गते भएको थियो । यो सडक २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको हो । यसअघिका आयोजनाहरु एकवर्ष मात्र मर्मत गर्ने नियम रहेपनि यसमा भने थप चार वर्ष पनि ठेकेदार कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता छ ।

यो सडकमा २१ वटा नयाँ पुलहरू बन्ने छन् । अहिले जहाँ पुल छन, तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल पनि बन्ने छन् । सडकले रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ जिल्ला छुनेछ । सडक आयोजनाको कार्यालय भने गैंडाकोटमा रहेको छ । सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस