एजेन्सी । विश्वलाई त्राहिमाम् पारेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध खोप र औषधिको अनुसन्धानमा वैज्ञानिकहरु जुटेका छन् । क्यानडास्थित लेथबर्ग विश्वविद्यालयका केही वैज्ञानिकले गाँजाले कोराना भाईरस संक्रमण रोक्न सक्ने बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार उनीहरुको अध्ययन कोरोना भाईरस संक्रमण मानव शीररको फोक्सो, आन्द्रा तथा अन्य भागमा संक्रमण निस्क्रिय गर्न सक्ने क्रियाकलापको खोजमा केन्द्रित थियो । तर, उनीहरुले गाँजामाथीको अध्ययनलाई प्रश्रय दिएर अध्ययन गर्दा यसमा भाईरस रोक्न सक्ने क्षमता अत्याधिक रहेको पाईएको बताइएको छ ।
उनीहरुले गाँजाका विभिन्न ४ सय गुणबारे अध्ययन गर्दा यसमा क्यान्सरसम्बन्धी रोगको पनि एन्टीबडी उत्पादन गर्न सक्ने क्षमता भएको पाईएको छ । वैज्ञानिकहरुले मानव शरिरको थ्रीडी नक्सा बनाई हाम्रा शरिरको श्वासप्रश्वाससम्म कसरी गाँजाले कोरोना विरुद्ध काम गर्छ भनेर अध्ययन गरेका थिए । जसअनुसार गाँजाले मानव शरीरमा कोरोना प्रवेश गर्न अत्याधिक सहयोग पुर्याउने एसीई२ को संशोधनमा ठुलो सहयोग पुर्याएको थियो ।
अध्ययनमा संलग्न एक वैज्ञानिकका अनुसार गाँजाले कोरोना भाईरस सक्रिय पार्नसक्ने जीवाणुलाई ७३ प्रतिशतले निस्क्रिय पार्न सक्ने गुण रहेको बताए । उनका अनुसार गाँजाले भाईरस सक्रिय पार्न सक्ने जीवाणु निस्क्रिय पार्न सक्छ भने अवश्य पनि संक्रमण पनि कम गराउन ठुलो मद्धत पुग्छ ।
वैज्ञानिकरुले मानव शरिरमा एसीई२ लेभल कम गराउने र जीवाणु संक्रमण पनि कम गराउने भएकाले भाईरस संक्रमणविरुद्ध गाँजाले सकारात्मक भूमिका खेल्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ जेठ २०७७, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारामा २२ किलो गाँजासहित एक जना पक्राउ
दुई हजार एक सय किलो गाँजासहित तीनजना पक्राउ
इजरायली बन्दुकधारीको आक्रमणमा परि गाजामा १२० जनाको मृत्यु
मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता
गाजाबाट दुई बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाको दाबी
त्रिभुवन विमानस्थलबाट गाँजासहित दुई जना पक्राउ