बाँके । बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले युवकको शवको अन्त्येष्टि नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षाकर्मी मिलेर गरिने बताए।
मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिए। उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताए।
यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।
आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए।
भारतबाट आएका उनलाई सिधै क्वारेन्टाइनमा लगिएको थियो। नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०७७, १७ : २१
लेखकबाट थप