काठमाडौं । रुसमा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या दुई लाख ८० हजार नाघेको छ । रुसको कोरोना भाइरस रेस्पोन्स हेडक्वार्टरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा नौ हजार सात सय नौ जना नयाँ संक्रमित भेटिएका छन् ।
यससँगै रुसमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या दुई लाख ८१ हजार सात सय ५२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट ९४ जनाको मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार ६३१ पुगेको छ ।
रुसमा भेटिएका संक्रमित र मृतकमध्ये आधाभन्दा बढी राजधानी सहर मस्कोमा फेला परेका छन् । पछिल्लो समय रुसमा निकै तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
स्रोत सीएनएन

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रुसले गर्यो विश्वकै पहिलो ‘न्यूक्लियर पावर्ड’ क्रुज मिसाइल परीक्षण
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण