उदयपुरका नेकपा अध्यक्ष आइसोलेसनमा

आइतबार, ०४ जेठ २०७७, १५ : ४९
उदयपुरका नेकपा अध्यक्ष आइसोलेसनमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् । आफूसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएपछि कटुवाल आफैं आइसोलेसनमा भर्ना भएका हुन् ।

जिल्लाको कटारी अस्पतालमा भर्ना भएको उनले जानकारी दिए । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन । उनीसँगै सम्पर्कमा रहेका व्यक्तिको भने कोरोना परीक्षणमा पोजिटिभ आएको थियो । हाल ती पत्रकार विराटनगरको कोशी कोभिड–१९ अस्पतालको आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस