इजरायलमा चिनियाँ राजदूत मृत फेला

आइतबार, ०४ जेठ २०७७, १४ : ३५
इजरायलमा चिनियाँ राजदूत मृत फेला

एजेन्सी । इजरायलमा चिनियाँ राजदूत डु वेइको निधन भएको छ । राजधानी तेल अभीभस्थित आफ्नै निवासमा राजदूत वेइ मृत फेला परेका हुन् ।

इजरायली मिडियाका अनुसार ५८ वर्षीय डुलाई उननै शयन कक्षमा मृत पाइएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

गत फेब्र्रुअरीमा उनी इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए । यसअघि उनी युक्रेनका लागि चिनियाँ राजदूत थिए ।

प्रतिक्रिया दिनुहोस