काठमाडौ । कोरोना भाइरस कोभिड १९ बाट मृत्यु भएकी सिन्धुपाल्चोक राम्चेकी महिला सुत्केरी हुनुपूर्व बस्दै आएको टोखा नगरपालिका वडा नम्बर ९ लाई सिल गरिएको छ ।
नगपालिकाले सिन्धुपाल्चोक राम्चेकी महिला सुत्केरी हुनुपूर्व टोखा नगरपालिका वडा नम्बर ९ मा बसेको जानकारी आएपछि सो क्षेत्र सिल गरिएको बताइन् ।
पहिलो चरणमा मृतक महिला बसेको घरबेटीका परिवार र सोहि घरमा डेरागरी बस्नेहरु १२ र मामाघरमा ५ जनालगायत २० जनाको स्वाब संकलन गर्ने तयारी छ। स्वाब संकलन गरिएकाको रिपोर्ट आएपछि दोस्रो चरणमा अन्य छिमेकीहरुको र टोलका सम्भावितहरुको परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस