कोरोनाबाट आमा गुमाएकी १२ दिने शिशु आइसोलेसनमा

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०७७, १४ : १०
कोरोनाबाट आमा गुमाएकी १२ दिने शिशु आइसोलेसनमा

file photo

धुलिखेल । धुलिखेल कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।

परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्। उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । 

 सबैजनाको कोरोना टेस्ट गर्नलाई स्वाब लिइएको छ । भोलिसम्म नतिजा आउने अस्पतालले जनाएको छ । 

सिन्धुपाल्चोकको बाह्रविसे ९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। पछि उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

प्रतिक्रिया दिनुहोस